Friday, 27 October 2017

चुनावमा होमियो आयोग: ४५ जिल्लामा स्थापना भए १ सय २८ कार्यालय

निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको १ सय २८ क्षेत्रमा कार्यालय स्थापना गरेको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन्।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।

त्यस्तै प्रदेश नं ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व), प्रदेश नं ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि कार्यालय स्थापना भएका छन्। रासस

No comments:

Post a Comment