महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगुको संक्रमण वढ्दै गएको छ। डेंगु
फैलिनेक्रम नरोकिएपछि बर्दिबासबासी चिन्तित बनेका छन्। बर्दिबासमा डेंगुले
दुई सय भन्दा धेरै विरामी परेका छन्।
गएको असोज दोश्रो हप्तादेखि बर्दिबास क्षेत्रमा डेंगुको संक्रमण
फैलिएको हो। डेंगु संक्रमित कतिपय विरामीको स्थानीय अस्पतालमा उपचार
भइरहेको छ भने कतिपय विरामी उपचारको लागि काठमाडौं गएका छन्। बर्दिबासका
अस्पतालमा अचेत दैनिक २० जना भन्दा धेरै ज्वरोका विरामी डेंगुको आशंकामा
उपचारको लागि जाने गरेका छन्।
ज्वरोले सताएपछि अस्पताल पुग्ने धेरै विरामीमा डेंगुको संक्रमण देखिने
गरेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजिव झाले बताए।
बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले डेंगु नियन्त्रणको लागि
नगरपालिकाले अभियान सञ्चालन गरिरहेको बताए।
बर्दिबासको १, २, ३ र १४ नम्बर वडामा डेंगुको संक्रमण वढी देखिएको
कार्कीले बताए । ती वडामा जनचेतना अभिवृद्धिका कार्यक्रमसँगै डेंगु
संक्रमित लामखुट्टेको बासस्थान नष्ट गर्ने काम भैरहेको उनले जानकारी दिए।
डेंगु भएको भनेर आँत्तिदै काठमाडौं पुगेका कतिपय विरामीमा डेंगुको सक्रमण
नभेटिएको कार्कीले बताए।
No comments:
Post a Comment