Friday, 27 October 2017

चितवनमा व्यवसायीको गाडीमा आगजनी

चितवनमा एक व्यवसायीको गाडीमा आगजनी भएको छ। गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

 भरतपुर महानगरपालिका–१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा आगजनी भएको हो। आगाले गाडीको अधिकांश भाग जलेको छ।
घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिए। गाडीको ट्यांकीबाट आगो सल्किएको पाइएको उनको भनाइ छ। रिक्सा चालकले आगो लागेको देखेपछि घटना थाहा भएको हो। रासस

No comments:

Post a Comment