Friday, 27 October 2017

दोहोरो नागरिकता काण्डमा अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य घोषित

उपप्रधानमन्त्री जोइस
उपप्रधानमन्त्री जोइस
रोयटर्स
अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोइसलाई अदालतले दोहोरो नागरिकता लिएको आरोपमा पदका लागि अयोग्य घोषित गरेको छ। जोइससहित अन्य चार नेताहरु गलत तरिकाले निर्वाचित भएको फैसला अदालतले गरेको हो।

जोइस अयोग्य घोषित भएसँगै अष्ट्रेलियाको सरकार अल्पमतमा परेको छ। १५० सिटको प्रतिनिधिसभामा जोइस अयोग्य भएपछि प्रधानमन्त्री माल्कम टर्नबुलको पक्षमा ७५ सिट मात्र रहेको छ।
यद्यपि डिसेम्बर २ मा हुने उपचुनाव जोइसले नै जिते सरकारको बहुमत सुरक्षित हुनेछ।
जोइसले अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उपचुनावमा लड्ने घोषणा गरेका छन्।
उनले गत अगस्टमा न्युजिल्याण्डको नागरिकता त्याग गरेका थिए।
सिनेटरहरु फियोना नास, माल्कम रोबर्टस, लारिस्सा वाटर्स र स्कट लुडलमको पनि दोहोरो नागरिकता बताइएको छ। उनीहरुलाई पनि अदालतले अयोग्य घोषित गरेको छ। अयोग्य घोषित सिनेटरहरुले उपचुनाव पनि लड्ने छैनन्। एजेन्सी
संसदमा बच्चालाई स्तनपान गराएर चर्चामा आएकी सिनेटरद्वारा राजीनामा
दोहोरो नागरिकताका कारण अष्ट्रेलियाका उपप्रधानमन्त्रीकै पद धरापमा

No comments:

Post a Comment