फिफाले गतवर्ष देखि प्रदान गर्न थालेको उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दुवै वर्ष रोनाल्डोले हात पारेपछि उनका समर्थकहरुले रोनाल्डो नै विश्वको सर्वोत्कृष्ट खेलाडी भएको दाबी गर्दै आएका छन्।
तर, समग्रमा दुवैकाे तथ्यांक हेर्ने हो भने रोनाल्डो भन्दा मेस्सी केही अघि देखिन्छन्।
बार्सिलोनाका फरवार्ड मेस्सीले क्लब उपाधिमा रियल मड्रिडका रोनाल्डोलाई पछि पारेका छन्। देशका लागि दुवैले समान एक अन्तराष्ट्रिय उपाधि जिते पनि व्यक्तिगततर्फ भने रोनाल्डोले मेस्सीको भन्दा दुई अवार्ड बढी जितेका छन्।
समग्रमा राेनाल्डो र मेस्सीका उपाधि
क्लब उपलब्धिहरु
मेस्सीले हालसम्म बार्सिलोनाबाट मात्रै आफ्नो व्यवसायिक क्लब फुटबल खेलेका छन्। रोनाल्डो भने ६ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि २००९ यता रियल मड्रिडसँग आवद्ध छन्।
क्लब कीर्तिमानमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्। लालिगा, स्पेनिस कप, स्पेनिस सुपर कपमा बार्सिलोनाबाट मेस्सीले रोनाल्डो भन्दा बढी उपाधि जितेका छन्। यीसँगै अन्य प्रतियोगितामा मेस्सीले क्लबमार्फत कुल ३१ उपाधि जितेका छन् भने रोनाल्डाले २५ मात्रै उपाधि जित्न सकेका छन्।
यी दुईबीचको हालसम्मको क्लब उपाधिको तुलना यस्तो छ:-
राेनाल्डो र मेस्सीले जितेका क्लब उपाधि
असोज अन्तिम साता संकटमा रहेको अर्जेन्टिनालाई ह्याट्रिक गर्दै मेस्सीले २०१८ को विश्वकपमा छनोट गराएका थिए। समूह चरणको अन्तिम खेलमा इक्वेडर विरुद्व ह्याट्रिक गरेपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज सम्पोलीले मेस्सीले अर्जेन्टिनालाई विश्वकपमा पुर्याएको नभएर फुटबलले मेस्सीलाई विश्वकपमा हेर्न चाहेको प्रतिक्रिया दिदै मेस्सीको महत्व दर्शाएका थिए। सोही दिन रोनाल्डोको पोर्चुगल पनि विश्वकपमा छनोट भएको थियो।
अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा भने दुवै खेलाडीले आ–आफ्नो टोलीबाट समान एक उपाधि हात पारेका छन्। पोर्चुगलले गतवर्ष युरोपियन च्याम्पियनसिपको उपाधि उचाल्दा रोनाल्डो टोलीमा थिए भने २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनाले स्वर्ण जित्दा मेस्सी टोलीका मुख्य सदस्य थिए।
मेस्सीले अर्जेन्टिनालार्इ २०१४ को विश्वकपको उपविजेता सम्म पुर्याएका थिए भने २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनलमा पुर्याएका थिए।
अन्तराष्ट्रिय फुटबलमा यी दुईले हात पारेका उपलब्धिहरु यस्ता छन्:-
राेनाल्डो र मेस्सीका अन्तराष्ट्रिय उपाधि
बालोन डी’ ओरको कुरा गर्दा रोनाल्डोले चारपटक र मेस्सीले पाँच पटक जितेका छन्। तर पछिल्ला दुई वर्ष लगातार रोनाल्डोले हात पारेको फिफा वेष्ट खेलाडीको अवार्ड जोड्दा रोनाल्डो मेस्सी भन्दा अगाडी छन्।
फिफा विश्वकपमा गोल्डेनबल हात पारेका मेस्सीले युरोपका उत्कृष्ट खेलाडीको अवार्डमा भने रोनाल्डो भन्दा पछि छन्। च्याम्पियन्सलिग टप स्कोरर ट्रफीमा पनि रोनाल्डोले मेस्सीलाई पछि पारेका छन्।
राेनाल्डो र मेस्सीका व्यक्तिगत अवार्ड
No comments:
Post a Comment