- , धादिङ

कार्तिक ११, २०७४-राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ ।
शनिबार बिहान करिव साढे ५ बजे ना६ख १४६७
नम्बरको सन्तोष ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बस
मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका छन् । उनीहरु घाइते
छन् । किनारमा रहेका यात्रुका अनुसार बसमा करिव ५० जना यात्रु थिए ।
५० जना मध्ये १ जनाको लास फेला परेको छ भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ । प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ ।
घटनास्थलमा अहिले उद्दार गर्नको लागि कुरिनटाबाट गोताखोर समेत आएकसकेका छन् । उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ । उनले भने, 'बसमा कति यात्रु थिए भन्ने यकिन भएन । घाइतेहरुलाई सोध्दा करिव ५० जना रहेको बताए ।'
गजुरी अस्पतालमा उपचार गरिरहेका यात्रुका अनुसार बसको छतमा समेत यात्रु खचाखच थिए ।

प्रकाशित: कार्तिक ११, २०७४
No comments:
Post a Comment