Friday, 27 October 2017

युवा संघ र वाइसिएलले बनाए संयुक्त निर्वाचन परिचालन समिति

वाम गठबन्धनका प्रमुख युवा संगठन युवा संघ नेपाल र वाइसिएल नेपालले आगामि संघ र प्रदेशको निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन्।

शुक्रबार वाइसिएल नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको दुवै युवा संगठनको संयुक्त बैठकले निर्वाचनका लागि तीन हजार एक सदस्यीय परिचालन समिति गठन गरेको हो।
युवा संघका इन्चार्ज महेन्द्र पाण्डे, वाइसियलका इन्चार्ज मणि थापाको विशेष उपस्थितिमा बसेको बैठकमा दुवै संगठनका पदाधिकारिहरु सहभागी रहेका थिए।
बैठकले दुवै संगठनका अध्यक्ष सहभागी रहने गरी ११ सदस्यीय सचिवालय समेत गठन गरेको छ। बैठकले प्रदेश र जिल्ला तहसम्मै संयुक्त निर्वाचन परिचालन समिति बनाएर लैजाने निर्णय समेत गरेको छ।
वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको अध्यक्षतामा बसेको बैठकले यही कार्तिक १५ गतेभित्र संयुक्त बैठक बसी युवा परिचालनको योजना निर्माण गर्ने निर्णय गरेको छ।


प्रकाशित १० कार्तिक २०७४, शुक्रबार | 2017-10-27 15:02:18

No comments:

Post a Comment